Membership Registration Call Us: +977-01-422-5860;423-1825
  • NMA Building Inauguration Program
  • NMA Building Inauguration Program
  • KTM Post Earthquake Psychosocial Training
  • Bhaktapur Post Earthquake Psychosocial Training
  • Follow up Training on Post Earthquake Psychosocial
  • Expressions of concern to Japanese Earthquake Victims
  • Health Minister Visit
  • Deputy Prime Minister Visit
  • Earthquake Relief Fund
  • Relief program in Nuwakot District with collaboration with HKMA
  • Succor distributed to earth quake victims
  • Succor distributed to earth quake victims.
  • ANEMECON-26
  • Press Conference of NMA
  • NMA Strike at TUTH
 
त्रिभुवन विश्व विद्यालय महाराजगञ्जको विद
17 January 2014

त्रिभुवन विश्व विद्यालय महाराजगञ्जको विद्यमान समस्या एव स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुका सम्बन्धमा आज मिति २०७० माघ ३ गते शुक्रबारका दिन नेपाल चिकित्सक संघको कार्यालयमा भएको विस्तृत छलफल एवं आगामी थप कार्यक्रमको निर्णय अनुरुप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने निष्कषर्मा पुगिएको व्यहोरा सम्बन्धित सरोकारवालाहरुमा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।
नेपाल चिकित्सक संघले निम्न लिखित मागहरुलाई यथासिघ्र सम्बोधन नभएको खण्डमा थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरिएको छ ।
१) प्रा. डा. गोविन्द के.सी. को जीवन रक्षार्थ उहाँले उठान गर्नु भएको मागहरुको यथासिघ्र सम्बोधन हुनु पर्ने ।
२) मेडिकल कलेजको स्वीकृत प्रदान गर्दा शिक्षा मन्त्रालय र त्रिभुवन विश्व विद्यालयबाट हचुवाको भरमा उपलब्ध गराउने अनि कलेजको गुणस्तरीयता, मापदण्ड लगायतका बिषयमा अन्योल सिर्जना भएकोले मेडिकल कलेजहरुको उचित व्यवस्थापनका लागि नेपालमा मेडिकल कलेजको व्यवस्था अनिवार्य हुनु पर्ने ।
३) नेपालमा कहाँ, कति चिकित्सक, स्वास्थ्यकर्मी र मेडिकल कलेजहरु कति सख्ंयामा हुनु पर्ने सम्बन्धमा अभिलम्ब स्वेत पत्र जारी गर्नु पर्ने ।
४) स्वास्थ्य सेवामा लगाईएको ५ प्रतिशत अतिरिक्त शुल्क अभिलम्ब खारेजी हुनु पर्ने
५) विभिन्न मेडिकल कलेजहरुमा शुल्क लगायतका बिषयहरु थुप्रै भिन्नताहरु रहेकोले सम्पूर्ण मेडिकल कजेहरुमा स्नातक र स्नातकोत्तर तहको शुल्क निर्धारण गरिनु पर्ने ।
६) निःशुल्क स्वास्थ्य सेवा शुचारु रुपले संचालन गर्न एवं ठूला ठूला अस्पतालहरुमा गुणस्तरीय एवं स्तरीय सेवा संचालनको लागि वर्तमान बजेट अत्यन्त न्यून भएकोले स्वास्थ्य क्षेत्रमा कम्तिमा १० प्रतिशत बजेट विनियोजन गरिनु पर्ने ।
७) नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी वर्तमान जनसंख्या अनुसार वृद्धि गरिनु पर्ने । र हाल खाली भएको दरबन्दीहरुमा यथासिघ्र पदपूर्ति गरिनु पर्ने ।
उल्लेखित मागहरुको सम्बोधनका लागि संघद्धारा संचालित गरिने कार्यक्रमहरुका सम्बन्धमा मिति २०७० माघ ४ गतेका दिन नेपाल चिकित्सक संघको तर्फबाटनिम्न लिखित बैठकहरुको आयोजना गरी थप आन्दोलनका कायक्रमहरुका सम्बन्धमा विस्तृत छलफल गरिने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।
१) स्वास्थ्यसँग सम्बन्धित विभिन्न पेशागत संघ संगठनहरुसँग विहान ११:०० बजे छलफल कार्यक्रम
२) मानवअधिकार, नागरिक समाज, उपभोक्ता मञ्च एवं शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग दिउसो १२:०० बजे छलफल कार्यक्रम ।
३) देशभरका सम्पूर्ण चिकित्सकहरुलाई काठमाडौंमा आउनको लागि यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।
संघद्धारा संचालन गरिने आन्दोलनका कार्यक्रमहरुबाट विरामीहरुमा पर्न जाने असुविधाप्रति संघ गहिरो दु:ख व्यक्त गर्दै उत्पन्न परिस्थितिप्रति पूर्ण रुपमा नेपाल सरकार जिम्मेवार हुनेछ ।
माथि उल्लेखित बैठकहरुमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सक्रिय उपस्थितिका लागि समेत नेपाल चिकित्सक संघ हार्दिक आग्रह गर्दछ ।

 
 
Mission & Vision
Resume your active and healthy lifestyle

Objectives

  • To uplift and preserve the professional standard, values and freedom of the members of NMA.
  • To carry out academic activities that increase the knowledge and skills of the medical doctors working in the kingdom.
  • To increase awareness among the people on different iss Read More

Frequently Asked Questions ?

Q. Why Should I join NMA?

A. Nepal Medical Association is the largest professional organization of medical doctors in Nepal. It was established on 4th March, 1951 with the goal of coordination, efficiency improvements and even pleading about needs and deeds of all our medical doctors. It has been striving with great zeal for th Read full answer

NMA is affiliated to